Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ताकुकोटको गाईजात्रा….

ताकुकोटको गाईजात्रा….

जोईन खबर

२७, श्रावण २०८१
  • 1.3K
    SHARES
  • ताकुकोटको गाईजात्रा….

    २७ साउन काठमाडौँ ।  गोरखा जिल्ला, बारपाक सुलिकोट गाउॅपालिका वडा नं ६ ताकुकोटको मौलिक रुपमा मनाईने गाईजात्रा यस क्षेत्रको चर्चित जात्राहरु मध्य एक हो । नेवार समुदायले मृतक परिवारको सम्झनामा गाई निकालेर टोल समाज परिक्रमा गरिने भए पनि यस क्षेत्रको हरेक समुदाय र जातजातीको यस जात्रामा भव्य सहभागिता रहने गरेको छ ।

    images

    ताकुकोटमा निकालिने यस जात्रामा प्रदर्शन गरिने नॅाचहरुमा घोडा नॅाच, चिरेदार, भोटे नॅाच, गाईनानी, घिन्ताङकसी(टाकटुके) आदि रहेका छन् । घोडा जुदाई, भोटे नॅाच्नेहरुको हास्य रुप र प्रदर्शनीलाई बिशेष रुचीले हेर्ने गरिन्छ । गाईजात्रा हर्न पालिका लगायत छिमेकी गाउॅपालिकाबाट समेत जात्रलुहरु ताकुकोट आईपुग्छन् । जात्राको अबसरमा हाट बजार समेत लाग्ने गर्दछ । गाईजात्राको भोलिपल्ट रोपाईं जात्रा समेत धुमधाम सॅग निकाल्ने गरिन्छ ।

    images
    images
    images

    पन्चेबाजाको तालमा बजार टोल परिक्रममा गर्दै रोपाई गरेको नॅाच देखाईन्छ, टाकटुके , छकडा नृत्य समेत प्रस्तुत गरिन्छ । ताकुकोटबाट चितवन, काठमाडौं बसाई सरेर जानुहुने नेवार समुदायले यसै प्रकृतिको जात्रा लाई आफ्नो बसोबास क्षेत्रमा निरन्तरता दिनुभएको छ । गाउॅबाट हुने बसाईं सराईको चपेटामा गाउॅको मौलिक परम्पराहरु पर्ने गरेकोछ ।यस्ता जात्राहरु लाई निरन्तरता दिन जनशक्तीको अभाव देखिन थालेको छ ।

    प्रकाशित मिति :श्रावण २७, २०८१ आइतवार - २१:१२:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको