Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पहिरोले बैतडीको डिलाशैनीमा दुई घर भत्कियो 

पहिरोले बैतडीको डिलाशैनीमा दुई घर भत्कियो 

जोईन खबर

२८, श्रावण २०८१
  • 643
    SHARES
  • पहिरोले बैतडीको डिलाशैनीमा दुई घर भत्कियो 

    २८ साउन काठमाडौँ । बैतडीको डिलाशैनीमा दुई घर भत्किएका छन् ।  वर्षासँगै आएको पहिरोले डिलाशैनी गाउँपालिका वडा नं ३ दौंखोलाका अम्मर बोहराका घरमा क्षति पुगेको हो ।

    images

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बोहराको घर भत्किँदा घरभित्रका सबै अन्नपात, अन्य सामग्री नष्ट हुँदा रु १५ लाख बराबरको क्षति पुगको बताउनुभयो ।

    images
    images
    images

    पहिरोका कारण स्थानीयवासी नरेश बोहरा र बहादुर बोहराको घर पनि  जोखिममा रहेका जनाइएको छ ।डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोष जोशीले पहिरोपीडितलाई  स्थानीय सरकारबाट प्रदान गर्न सकिने राहत तथा पुनःस्थापनाका काम गरिने बताउनुभयो ।  

    प्रकाशित मिति :श्रावण २८, २०८१ सोमवार - १०:३७:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको