Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालय मन्दिरमा दर्शनार्थीहरुको भिडभाड

आज पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालय मन्दिरमा दर्शनार्थीहरुको भिडभाड

जोईन खबर

२८, श्रावण २०८१
  • 793
    SHARES
  • आज पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालय मन्दिरमा दर्शनार्थीहरुको भिडभाड

    २८ साउन काठमाडौँ । आज साउनको अन्तिम सोमवार  काठमाडौँ पशुपतिनाथ मन्दिर लगायत देशभरका सबै शिवालय मन्दिरमा  बिहानैदेखि  नै दर्शनार्थीको  भिडभाड बढेको छ ।

    images

    साउने सोमवारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि पशुपतिनाथमा  बिहानदेखि नै मन्दिरमा आउनेहरुको लाइनलाई   सहज रूपमा व्यवस्था  गरिएको  पशुपति क्षेत्र विकास कोषले जनाएको छ।दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको छ।

    images
    images
    images

    साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भिडभाड लाग्ने गर्दछ।यसैगरी आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका  छन्।

    प्रकाशित मिति :श्रावण २८, २०८१ सोमवार - १३:०५:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको