२८ साउन काठमाडौँ । गोरखाको गोरखा बजारमा हिजो राति आफनो नै छोराले प्रहार गरेको खुकुरीबाट बाबुसहित दुई जना घाइते भएका छन् । ती युवकले खुकुरी प्रहार गर्दा ३ जना घाईते भएका हुन् । खुकुरी प्रहारबाट घाइते भएका सबैको जिल्ला अस्पताल गोरखामा उपचार भई रहेको जिल्ला प्रहरीले जनाएको छ ।
यो घटना गोरखा नगरपालिका वडा न ७ को धारापानी क्षेत्रमा लाँखे नाँच हेरी अवस्थामा एक्कासी खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुवप्रसाद शर्माले जानकारी दिए । घटना स्थालमा पुगेका प्रहरीका अनुसार खुकुरी प्रहार गर्ने गोरखा नगरपालिका–७ रोहटेपानीका १७ बर्षिय प्रमित घले गुरुङ रहेको प्रहरीले बताए । खुकुरी प्रहार गर्ने युवकलाई प्रहरी तत्कालै प्रकाउ गरी हिरासतमा राखिएको छ ।
घटनामा घाइते हुने गोरखा नगरपालिका वडा न ७ रोहटेपानीका २० बर्षीय रुबिन बराम, गोरखा नगरपालिका वडा न ६ ठुलो आँगनका १७ बर्षीय आकाश घिमिरे र खुकुरी प्रहार गर्नेको आफनै बुवा ४९ बर्षीय प्रितमान गुरुङ घाईते भएका छन् ।
घाइते बुवाका अनुसार छोराले अरु ब्यत्तीलाई खुकुरी प्रहार गर्न खोजेको अवस्थामा छेक्न जादा आफुलाई चोट लागेको बताउ छन् । घाइते बुवाको दायाँ हातको पाखुरामा गहिरो चोट हो । खुकुरी प्रहारबाट घाईते हुने रुबिन बरामको टाउको र बायाँ हातमा गहिरो चोट लागेको छ भने,आकाश घिमिरे सामान्य घाईते मात्र भएका हुन् । उक्त घटनाका घाइतेहरु आजै अस्पतालबाट डिस्चार्ज हुने प्रहरीको भनाइ छ ।