२८ साउन काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय स्थायी कमिटीकाे बैठकमा भएको छलफलमा पार्टी विभाजन नहुने बताएका छन् । केही दिन अघि देखि चलेको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग अध्यक्ष प्रचण्डले कुराकानीका क्रममा यो कुरा सार्वजानि गरेका थिए ।
बैठकमा उपममहासचिव जनार्दन शर्माले दस्तावेज नै पेश गरेर अब प्रचण्डले नेतृत्वको विकल्प दिनुपर्ने बताएको सन्दर्भमा उनले पार्टीमा तलमाथि केही नहुने बताउँदै सबै मिलेर अघि बढ्ने जवाफ दिए ।‘पार्टी बैठकमै नेतृत्व हस्तान्तरणको पस्ताव आएको छ, यसमा के छ तपाईंको धारणा भने प्रश्न गरेको पछि अध्यक्षले जवाफमा हाम्रो पार्टीभित्र केही हुँदैन, सबै मिलेर अगाडि बढ्छ भनेका थिए ।
उपमहासचिव शर्माले अध्यक्ष प्रचण्डले नेतृत्व छाडेर संरक्षकको भूमिकामा बस्नुपर्ने प्रस्तावसहितको दस्तावेज पार्टी बैठकमै पेस गरेका छन् । तेही पेस गरेको उपमहासचिव शर्माले बैठकमा दस्तावेजमार्फत् प्रचण्डलाई अनेक प्रश्न गरेका छन् । उनले पार्टी अहिलेको कमजोर अवस्थामा पुग्नुको प्रमुख दोषी प्रचण्डलाई नै मानेर उनले अब नेतृत्वको विकल्प दिनुपर्ने धारणा दस्तावेजमार्फत राखेका थिए। तेही पेस गरेका कारण माओवादी पार्टी फुटने देखिएको हल्ला आए पनि पार्टीमा सबै मिलेर जाने सन्देश अध्यक्ष प्रचण्डले सबैको सामु दिएका थिए ।