२९ साउन काठमाडौँ । युक्रेनले ६ दिनयता रूसको कुर्स्क क्षेत्रका २८ वटा गाउँ कब्जा गरेको छ । युक्रेनले रूससँग लामो समयदेखि युद्धमा चलि रहे पनि अहिले पछिला दिनहरुमा रूसको कुर्स्क क्षेत्रभित्र प्रवेश गरी लडिरहेको विदेशी सञ्चारकर्मीले जनाए ।
कुर्स्क क्षेत्रका गभर्नर एलेक्सी स्मिरनोभले राष्ट्रपति भ्लादिमिर पुटिनलाई यसबारे ब्रिफिङ गरेका छन् ।२८ वटा गाउँ युक्रेनीको कब्जामा रहेको, १२ जना नागरिकको मृत्यु र एक लाख २१ हजार नागरिक विस्थापित भएको ब्रिफिङ गभर्नरले गरेका छन् ।
कुर्स्क क्षेत्रकै बिलोभिस्की जिल्लाबासीलाई त्यस क्षेत्र छाड्न अनुरोध गरेको छ । त्यस्तै युक्रेनले सीमा क्षेत्रमा सैन्य गतिविधि बढाएपछि रूसको बेलगोरोड क्षेत्र पनि खाली गर्न निर्देशन जारी भएको छ । युक्रेनी सेना प्रमुख ओलिक्सान्द्र सिर्स्कीले कुर्स्क क्षेत्रको एक हजार वर्ग किलोमिटर क्षेत्र कब्जामा रहेको बताएका हुन् ।