Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 मानब बेचबिखन गरेको अभियोग झापाका न्यौपाने पक्राउ

 मानब बेचबिखन गरेको अभियोग झापाका न्यौपाने पक्राउ

जोईन खबर

२९, श्रावण २०८१
  • 754
    SHARES
  •  मानब बेचबिखन गरेको अभियोग झापाका न्यौपाने पक्राउ

    २९ साउन काठमाडौँ । मानब बेचबिखन गरेको अभियोगमा झापा एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने  कमल गाउँपालिका–१ का ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई सोमबार प्रहरीले पक्राउ काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ गौरीघाटबाट पक्राउ गरेको हो ।

    images

    विदेश पुगेका उनले असार २० गते नेपाल फर्किएर  मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलमा उजुरी हाले पछि खोज तलस गर्दै  जादा न्यौपानेलाई    गौरीघाटबाट पक्राउ गरेको थियो । विदेश जाने पिडितलाई न्यौपानेले मासिक रु ७० हजार तलबमा ‘कुक’को काम लगाइदिने तथा काम गरेको केही समयपछि ‘ग्रिन कार्ड’ पाइने भनी प्रलोभन देखाई मौरिसस पु¥याएको पीडितको उजुरीमा उल्लेख छ ।

    images
    images
    images

    पीडितबाट रु दुई लाख ५० हजार लिई विसं २०८० मङ्सिर १३ गते भारतको नयाँ दिल्ली हुँदै मौरिसस पु¥याई मौरिसियन नागरिकको जिम्मा लगाई दैनिक १७÷१८ घण्टा घरको काम लगाई समयमा खान र तलबसमेत नदिई चरम श्रम तथा यौनशोषण गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

    अभियुक्त न्यौपानेउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थपको अनुमति लिई  प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    प्रकाशित मिति :श्रावण २९, २०८१ मंगलवार - १५:५२:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको