३० साउन काठमडौँ । आज देशभरका प्रदेशका कोशी, बाग्मती, गण्डकी र लुम्बिनीको एक–दुई स्थानमा भारी बर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो राती देखि कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभरको मौसम साधारणतया बदली नै रहने अनुमान छ । सबै प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।त्यसैगरी आजराति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।
गएराति मोरङ, धनकुटा, गोरखा, चितवन, लमजुङलगायत आसपासका जिल्लामा ठूलो पानी परेको थियो । त्यस्तै काठमाण्डौ, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, कास्कीलगायत जिल्लामा पनि हल्कादेखि मध्यम खालको पानी परेको महाशाखाले जनाएको छ ।