३० साउन काठमाडौँ । नागार्जुन नगरपालिकाको स्युचाटारमा चोरी गरेको आरोपमा दोलखाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
चोरी काठमाडौँको नागार्जुन नगरपालिका वडा न ९ को बाफल स्युचाटारमा भएको हो । चोरी पक्राउ पर्नेमा दोलखा जिल्लाको बैत्यश्वर गाउँपालिका वडा न–३ घर भई आल काठमाडौँे ढल्कु बस्दै आएका २७ वर्षीय मान बहादुर परियार रहेको प्रअरीले पुष्टि गरेको छ ।
चोरीमा पक्राउ परेका परियारले गएको असार २६ स्युचाटारमा डेरा गरी बस्ने सम्झना मगर कोठमा पसि चोरी गरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिनु भयो ।
प्रहरीका अनुसार उनले सुन तथा चाँदीका गहना मोबाईल र नगद चोरेको आरोपमा प्रहरी वृत्त कालीमाटीमा उजुरी परेको आधारमा खोजतलास गर्ने क्रममा पक्राउ गरेको हो । प्रहरीले पक्राउ गर्दा परियारबाट ३ थान मोबाइल र १२ हजार नगद बरामद गरि उनलाई थप अनुसान्धान गरि रहेको प्रहरीले बताए ।