३० साउन काठमाडौँ । खरिद बिक्रि भएर अहिले सम्म उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज सामान्य घटेर कारोवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।
सुन हिजो भन्दा आज प्रतितोला ३०० रुपैयाँले घटेर खरिद बिक्रि भएको हो । यसै गरी हिजो मंगलबार छापावाला सुनको मूल्य एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार कायम सुनको मूल्यले आल सम्मको उचाईमा पुगेको थियो ।
आज चाँदीको मूल्य एक हजार ७३५ रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी पनि हिजोको तुलानामा तोलामा ५ रुपैयाँले घटेर कारोवार भएको । हिजो मंगलबार चाँदीको मूल्य एक हजार ७४० रुपैयाँमा खरिद बिक्रि भएको थियो ।