४ बैशाख काठमाडौ। लाइसेन्स सम्बन्धी अनलाइन सेवा पुन सञ्चालन गर्दै यातायात व्यवस्थाले ६ दिनपछि सवारी चालक अनुमतिपत्र सम्बन्धी अनलाइन सेवा सञ्चालन गर्दैछ। सर्भरमा समस्या आएका कारण लाइसेन्स सम्बन्धी अनलाइन सेवाहरू गत चैत २८ गते, मंगलबारदेखि बन्द थियो। विभागले सूचना जारी गर्दै सेवा प्रभावित रहेको जानकारी गराएको थियो।
सूचनामा उल्लेख गरेअनुसार विभागबाट सञ्चालित सवारी चालक अनुमतिपत्र सम्बन्धी इडिएलभिआरएस प्रणालीको जिआइडिसी डेटाबेस सर्भरमा समस्या आउँदा सेवा प्रभावित बनेको थियो।
उक्त सर्भर सिंहदरबारमा छ।सर्भरमा देखिएको समस्याको समाधान भएसँगै आजदेखि लाइसेन्स सम्बन्धी अनलाइन सेवा पुनः सुरू हुने भएको हो।