३० साउन काठमाडौँ । ललितपुरको इमाडोलको भित्रि सडकको बिच भागमा भ्वाङ परेको छ । भ्वाङ महालक्ष्मी नगरपालिका वडा न ३ बाक्लोगाउँ चोकभन्दा अगाडि नयाँ पुल बोझेपोखरी सडकमा सवारी आवागमन अवरुद्ध भएको हो ।
सडकको झण्डै ३ मिटर क्षेत्रमा भ्वाङ परेको सवारी आवागमन अवरुद्ध भएको ललितपुर प्रहरी प्रवक्ता (एसपी) नरेशराज सुवेदीले बताए ।
हालै काठमाडौंको कमलादीस्थित न्यूप्लाजाको भवन नजिकको सडक मा केही दिन पहिला पनि भासिएपछि सवारी आवागमन अवरुद्ध भएको थियो । त्यो सडक निर्माण सम्पन्न हुन तीन महिना लाग्ने सडक विभागले जनाएको छ ।