Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज बागमतीप्रदेश लगायत प्राय प्रदेशमा भारी बर्षाको सम्भावना 

आज बागमतीप्रदेश लगायत प्राय प्रदेशमा भारी बर्षाको सम्भावना 

जोईन खबर

३१, श्रावण २०८१
  • 700
    SHARES
  • आज बागमतीप्रदेश लगायत प्राय प्रदेशमा भारी बर्षाको सम्भावना 

    ३१ साउन काठमाडौँ । आज देशभर मनसुनी वायुको प्रभाव रहेको  जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज बिहान देखि मौसम सफा भएर घाम लागे पनि दिउँसोबाट भारी वर्षा हुने मौसम महाशाखा विभागले बताए । आज दिउँसो देशभर साधारणतया बदली रहने छ ।

    images

    सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने विभागको पूर्वानूमान छ ।

    images
    images
    images

    आगामी २४ घण्टामा सबै प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढीपहिरोको जोखिमबाट जोगिन विभागले सबैलाई सचेत रहन आग्रह गरेको छ ।

    अबिरल बर्षाले यी  स्थानमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको र सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ । 

    प्रकाशित मिति :श्रावण ३१, २०८१ बिहिवार - १०:२०:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको