Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भक्तपुरमा रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दिदा एक महिलाको घटनास्थलमा मृत्यु

भक्तपुरमा रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दिदा एक महिलाको घटनास्थलमा मृत्यु

जोईन खबर

३१, श्रावण २०८१
  • 709
    SHARES
  • भक्तपुरमा रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दिदा एक महिलाको घटनास्थलमा मृत्यु

    ३१ साउन काठमाडौँ । भक्तपुरको गट्ठाघरमा रोकिराखेको स्कुटरलाई पछाडीबाट ट्रकले ठक्कर दिदा उक महिलाको मृत्यु भएको छ ।भक्तपुरको गट्ठाघर नजिकैको सडकको छेउमाट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको  बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई  ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिदा स्कुटर चालक महिलाको घटनास्थलमा मृत्यु भएको डियुटीमा खटिएका प्रहरीले बताए ।

    images

    स्पिटमा आउको ट्रकले एक्कासि ब्रेक लगाउँदा लगाउदै पनि ब्रेक नलागेर  स्कुटर चालकलाई करिब २० मिटर घिसारेर लादा मृत्यु भएको हो । यस घटनामा  ट्राफिकले लुकेर चेकजाँच गरेको र ट्रकले एक्कासि ब्रेक लगाउँदा दुर्घटना भएको भन्दै अहिले त्यहाँ ठूलो संख्यामा जम्मा आन्दोलन  गरेका छन् ।

    images
    images
    images

    मृतकको  ठेगाना खुलेको छैन् । त्यही  दुर्घटनाले गदा घटनास्थलमा तनाव  ग्रस्थ भई थप प्रहरी  प्रक्रिया सुरु गर्न नसकेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले बताए। त्यही घटनाले अहीले ठूलो रुप लिदै भेला भएका मान्छेहरुले बरपरको गाडी र ट्रक तोडफोड गरेका छन् ।

    उक्त भिडलाई नियन्त्रण लिन प्रहरीले प्रयास गरिरहेको छ।  ट्रकले घिसारेर किचिरहेको शव निकाल्न लगिएको क्रेन पनि फर्काइएको छ। सडक रगताम्य छ। प्रहरीका अनुसार घटना बारे थप  अनुसन्धान भई रहेको जनाए । 

    प्रकाशित मिति :श्रावण ३१, २०८१ बिहिवार - १६:५४:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको