Logo

बिहिवार, कार्तिक १३ गते २०८३

टोकियो कोइवामा नेपाली करूवा रेष्टुरेन्ट सञ्चालनमा

टोकियो कोइवामा नेपाली करूवा रेष्टुरेन्ट सञ्चालनमा

जोईन खबर

३१, श्रावण २०८१
  • 2.5K
    SHARES
  • टोकियो कोइवामा नेपाली करूवा रेष्टुरेन्ट सञ्चालनमा

    ३१ साउन टोकियो । टोकियोको यदोगावा सिटीमा पर्ने कोइवामा नेपाली युवाहरुको समुहले स्वादिष्ट एवं टिपिकल नेपाली भोजन पस्कने उद्देश्यले करुवा कोइवा रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा ल्याएका छन् ।
पछिल्लो समयमा नेपालीहरुको बस्ती बाक्लो हुँदै गएको कोइवा क्षेत्रका नेपाली र स्थानीय जापानीहरुलाई टिपिकल नेपाली स्वादको खाना पस्कने लक्ष सहित गत आइतबार एक समारोहका बीच रेष्टुरेन्टको औपचारिकरुपमा उदघाटन गरिएको थियो ।

    images

    अर्जुन ढकाल लगायतका युवा ब्यवसायीहरुको समुहद्वारा उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो । स्टेज र करीब सयजना सिट क्षमतासहित राम्रो सभाहल भएको हुनाले करुवा कोइवा रेष्टुरेन्टमा बिबाह, भोज, बर्थ डे लगायतका पार्टीका लागि उपयुक्त रोजाई हुन सक्ने सञ्चालकहरुको दाबी छ ।

    images
    images
    images

    0.jfif                                     करुवा कोइवा रेष्टुरेन्ट

    यो अगष्ट महिनाभरि ओपनिङ क्याम्पेन चलिरहेको र संगसंगै हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीज पनि नजिकिंदैं गरेकोले यस अवसरमा करुवा कोइवा रेष्टुरेन्टले आफ्ना ग्राहकहरुका लागि १० प्रतिशत विशेष छूट दिने घोषणा पनि गरेको छ । जसअनुसार रेष्टुरेन्टमा पार्टीका लागि धमाधम अग्रिम बुकिङ पनि आईरहेको करुवा कोइवा परिवारले जनाएको छ ।

    0000.jfif                                उदघाटन पछि ललिको तस्विर

    करुवा कोइवा रेष्टुरेन्ट एण्ड बारको सञ्चालन संगै सामुहिक लगानीमा नेपालीहरुले नयाँ ब्यवसाय सुरुवात गर्ने सँस्कारको अभ्यासलाई युवा पुस्ताले समेत निरन्तरता दिएको पाईन्छ ।जेआर सोबु लाइनको कोइवा स्टेशनबाट मात्र ३, ४ मिनेटको दूरीमा रहेको करुवा कोइवा रेष्टुरेन्टमा एक पटक मात्रै भए पनि भिजिट गरेर नेपाली परिकारको स्वाद लिन र आवश्यक सुझाव दिन रेष्टुरेन्ट परिवारले जापानबासी नेपालीहरुमा अपिल गरेको छ।

    00.jfif                                     रेष्टुरेन्टको उदघाटन रिबन काटदै 

     

    प्रकाशित मिति :श्रावण ३१, २०८१ बिहिवार - १७:२६:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको