३२ साउन काठमाडौँ । हिजो भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटना बारे तत्काल छानबिन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन्।
गृहमन्त्री लेखकले हिजो भएको दुर्घटनाको कारण खोज्न प्रहरी महानिरीक्षक (आईजीपी)वसन्त कुँवरलाई निर्देशन दिएका हुन्।गठ्ठाघरको दुर्घटनामा के भएको हो, दुर्घटना हुनुमा कसैको गल्ती छ कि छैन, यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि यसको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्री लेखकले निर्देशन दिएका हुन् ।
यो घटना बिहीबार दिउँसो करिब ३ बजे तिर भक्तपुरको गठ्ठाघर चोकनजिकै ना ६ ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो।घटनामा मृत्यु हुने ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ।