३२ साउन काठमाडौँ । आज देखि लागु हुने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रति लिटरमा ५ रुपैयाँलेमूल्य घटाएर खरिद बिक्रि भएको छ ।
हिजो भारतीय आयल निगमबाट मूल्य घटेर आएपछि नेपालमा पनि आज देखि लागु हुने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेएको सूचना जारी गरेको हो ।
नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर ५ रुपैयाँले घटेर १६५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर ३ रुपैयाँ घटाएर १५५ रुपैयाँमा बजारमा कारोवार भएको छ । भारतबाट आएको नयाँ मूल्य सूचीमा पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा २.९६ रुपैयाँ घटेर आएपछि नेपालमा पनि मूल्य घटाएको हो।