Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भक्तपुर स्कुटर दुर्घटनामा मृत्यु हुने आफनी बहिनी भन्दै दाबी गर्ने दोलखाका शम्भु पक्राउ 

भक्तपुर स्कुटर दुर्घटनामा मृत्यु हुने आफनी बहिनी भन्दै दाबी गर्ने दोलखाका शम्भु पक्राउ 

जोईन खबर

३२, श्रावण २०८१
  • 607
    SHARES
  • भक्तपुर स्कुटर दुर्घटनामा मृत्यु हुने आफनी बहिनी भन्दै दाबी गर्ने दोलखाका शम्भु पक्राउ 

    ३२ साउन काठमाडौँ । भक्तपुरको गट्ठाघरमा  हिजो भएको ट्रकको ठक्करबाट मुत्यु हुने स्कुटर चालकलाई  आफ्नो बहिनी भनेर दाबी गर्ने दोलखाका एक  युवक पक्राउ परेका छन् । उनलाई हिजो नै भक्तपुर प्रहरीले खोजी गरेर साझा भक्तपुर बाट नै पक्राउ गरेको हो ।पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका– ४ का  घर भएका हाल भक्तपुर बस्दै आएका  ३० वर्षीय शम्भु नेपाली पक्राउ परेका थिए । पक्राउ परेका उनी अहिले ठिमी प्रहरीको नियन्त्रणमा छन् ।

    images

    उनले त्यहाँ घटना भए पछि के आधरले  मृतकलाई  आफ्नी बहिनी भने भन्ने अनुसन्धानमा नखुलेको प्रहरीले बताए ।  प्रहरीले पक्राउ गरेका नेपालीले यो भन्दा अघि पनि  पटक पटक आफ्नी बहिनीको मृत्यु भएको भनेर गलत  सूचना दिदै हिडेको पाउको  प्रहरीको भनाइ छ । बिहीबार दिउँसो घटनास्थलमै पुगेर उनले मृतक महिला आफ्नी बहिनी हुन् भन्ने दाबी गरेपछि उनी घटनास्थलबाट हिँडेका थिए । मृतक महिला नभएर पुरुष भएको प्रहरीले साँझ मात्रै  प्रेस विप्ज्ञती निकालेको थियो ।

    images
    images
    images

    हिजो दिउँसो गट्ठाघरमा बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा एक पुरुष घटनास्थलमै मृत्यु भएको थियो । घटना हुने वितिकै प्रहरीले मृतकलाई महिला भन्दै घटना विवरण सार्वजनिक गरे तर पछि अनुसन्धानको क्रममा मृतक महिला नभएर पुरुष भएको सवारी साधनको कागजात बाट खुल्न आए पछि प्रहरीले प्रेु विप्ज्ञतीसहित पहिचान सार्वजानिक गरेको थियो ।

    कागजातमा रहेको ठेगाना अनुसार  ओखलढुंगाका ६५ वर्षिय उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले बताए । मृतकको साथमा उत्तम कोइराला, ओखलढुंगा रातमाटे–५ लेखिएको सवारी लाइसेन्स फेला परेको थियो । तयसैको आधरमा आफन्तालाई खबर गरि जिम्मा लगाइएको थियो ।  

    प्रकाशित मिति :श्रावण ३२, २०८१ शुक्रवार - १४:०३:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको