Logo

बिहिवार, कार्तिक १३ गते २०८३

१२ औं संस्करणको लिगलिगे दौड आउदो असोज २३ गते हुने

१२ औं संस्करणको लिगलिगे दौड आउदो असोज २३ गते हुने

जोईन खबर

३२, श्रावण २०८१
  • 745
    SHARES
  • १२ औं संस्करणको लिगलिगे दौड आउदो असोज २३ गते हुने

    ३२ साउन काठमाडौँ । गोरखाको लिगलिगको १२औं संस्करणको लिगलिगे दौडयो बर्ष असोज २३ गते हुने जनाएको छ । दौड प्रतियोगिताको आवश्यक तयारी सुरु गरीएको   लिगलिग बिकास अभियानका अध्यक्ष संजिव राना मगरले जानकारी दिए ।दौड प्रतियोगिताकालागि अनलाइन फर्म खुल्ला गर्ने तयारी भई रहेको पनि अध्यक्ष रानाले जानकारी दिए । फर्म भर्दा कुनै शुल्क लाग्दैन ।

    images

    दौड पालुङटार नगरपालिका–५ को चेपे दोभानबाट सुरु भएर वडा नम्बर २ को लिगलिग कोटमा रहेको कालिका मन्दिरमा पुगेर टुगिने छ । खुल्ला प्रतियोगिता अन्तरर्गत १३ किलो मिटर ८०० मिटर दुरी पारेर गरेर प्रथम हुनेले १ लाख रुपैयाँ हात पार्ने छ ।  दोस्रो, तेस्रो, चौथो र पाँचौ हुनेलाई क्रमश। ५०, २५, १५ र १० हजार पुरस्कार सहित मेडल र प्रमाण पत्र दिइने आयोजक संस्थाले जनाएको छ ।

    images
    images
    images

    ३ समूह चरणमा छुट्टाईएको प्रतियोगितामा स्थानिय ७०० लिगलिग र बिद्यार्थीहरुको दौड समेत समावेश गरिएको छ । खुल्ला तर्फ भाग नलिने स्थायिनले भने क्रमश। २०, १५, १०, ५ र ३ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

    त्यस्तैगरी, बिद्यार्थीहरुले भाग लिन चाहेको खण्डमा सम्वन्धित बिद्यालयबाट पत्र लिएर आएको खण्डमा १८ बर्ष मुनीका छात्रले सहभागिता जनाउन सक्ने छ । उनीहरुले भने १५, १०, ७, ५ र ३ हजार नगद सहित मेडल र प्रमाणपत्र पाउनेछन् ।बिद्यार्थीहरुको  ३ किलोमिटर दौडमा सहभागी गराइने आयोजक संस्थाका अध्यक्ष सञ्जिव राना मगरले बताए ।

     

    प्रकाशित मिति :श्रावण ३२, २०८१ शुक्रवार - १५:५५:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको