२ भदौ काठमाडौँ । हालमा नेपालबाट बिदेशिएकाहरुले नेपाली २ करोड बराबरको पैसा लागेको अनुमानित गरिएको छ । आज नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८०र८१ मा कुल १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ भ्रमण व्यय देखिन्छ ।
जसमा शिक्षा र भ्रमण दुवैका लागि विदेशिएको रकम जोडिन्छ ।केन्द्रीय बैंकका अनुसार एक वर्षमा अध्ययनमा जानेका माध्यमबाट १ खर्ब २५ अर्ब रुपैयाँ विदेशिएको छ ।उता, नेपालबाट विदेश घुमफिरमा जाने नेपालीले ६४ अर्ब ३० करोड रुपैयाँ बराबर विदेशी मुद्रा खर्च गरेका छन् ।
अघिल्लो आव २०७९र८० मा भ्रमण व्यय १ खर्ब ४४ अर्ब रुपैयाँ थियो । जसमध्ये शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड मात्र थियो । नेपाल भित्रिने भन्दा बाहिरिने रकम धेरै हुँदा सेवा आय घाटामा थियो ।