Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज गोरखा ताकुकोट सेवा समाज काठमाडौँको आयोजनामा गाईजात्रा कार्यक्रम सम्पन्न 

आज गोरखा ताकुकोट सेवा समाज काठमाडौँको आयोजनामा गाईजात्रा कार्यक्रम सम्पन्न 

जोईन खबर

४, भाद्र २०८१
  • 1.8K
    SHARES
  • आज गोरखा ताकुकोट सेवा समाज काठमाडौँको आयोजनामा गाईजात्रा कार्यक्रम सम्पन्न 

    ४ भदौ काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा न ६ ताकुबासीले गोरखा ताकुकोट सेवा समाज काठमाडौंको आयोजनामा आज मंगलबार हरेक बर्ष जस्तै यो बर्ष पनि काठमाण्डौँ बनस्थलीबाट गाईजात्रा निकालीएको छ । काठमाडौँको वनस्थलीबाट सुरू गरिएको गाईजात्रामा ७ सय देखि ८ सय सम्मको उपस्थितमा बनस्थली चोक हुदै खरिबोट चोक , नागरीकबजार,बल्छी ध्रुर्वे फुटसल, तुफान चोक, नार्गाजुन स्कुल, राधाकृष्णमन्दिर  आर्मी गेट,नर्सरी चोक,एराहिटी चोक, ढुङ्गेधारा चोक हुँदै पुन बनस्थली चोकको अक्सफोर्ड  ड्राभिङ सेन्टरमा आई समापन गरिएको थियो ।

    images

    115.jpg

    images
    images
    images

    जात्रामा  सहभागीता ७ सय  देखी  ८ सयको संख्या भेला भएका मध्य ताकुकोबासी तथा गोरखाका जिल्ला पुख्र्यौली थलो रहेका सबै साना देखि ठूला सम्मका मानिसहरुको उपस्थित भएका थिए । यो जात्रा ताकुकोट घर भई काठमाडौँमा बसोबास गर्ने विभिन्न व्यक्तिहरुको भेला मा लामो समय देखि  विगत ६ वर्ष देखि  हरेक बर्ष गोरखा बारपाक सुलिकोट गाउँपालिकाबाट र वडा न ६ ताकुकोटबाट काठमाडौँ आई विभिन्न पेसा व्यवसाय गरि बस्ने सबै जातजातीहरू मिलेर संयुक्त रुपमा गाईजात्रा मनाउदै आएको  र समाजले आफ्नो गाउँ ठाउँमा मनाउने गरिएको परम्परागत संस्कृतिलाई संरक्षण गर्न गाईजात्रा निकाल्ने गरेको जात्राका संयोजक अनुप श्रेष्ठले बताउनु भयो ।

    117.jpg

    बर्ष भरिमा मृत्यु वरण गरेका आफन्तहरुको सम्झनामा महिला बिते मान्छेलाई नै सिगारेर गाई निकाल्ने र  पुरूष बिते मान्छेलाई सिगारेर आफ्नै परिवार भित्रकालाई सिगारेर गोरू निकालिन्छ। यो मृत्यु हुदा  गाई  सिगारेर नाच्ने नेवार जाति भित्रबाट गरिन्छ ।   आफन्त मृत्यु भएकाहरूले मृत्यु हुनेहरूको सम्झनामा फलफूल खुवाउने  समेत कार्य गरिन्छ । जात्रामा ठुलो बाजा,  झुर्मा पनि बजाई रमाईलो गर्ने हुन्छ ।

    124.jpeg

    आज पनि गोरखा ताकुकोट सेवासमाज काठमाडौंले गाईजात्रा निकालेको  हो । यो जात्रामा मान्छेलाई सिगारेर काठको घोडा जस्तै बनाइन्छ र पितलको फुली लगाईन गोलो पाइपमा कपाडाले मोडिन्छ र  चार देखि माथि जति  पनि नाच्च सकिन्छ ।  घोडा र ,सिमालि लिएर नाचिने चिलदार हुन्छ  । घोडा भन्दा अगाडी दश देखी माथी जति पनि हुन्छन ।अर्को  विभिन्न भेषभषसामा सबैलाई हसाउने गतिविधि र अर्को गाईको नानीहरू हुन्छन ।

    125.jpeg

    जसको टाउकोमा  लेखिएको हुन्छ र अन्य महिलाको कपडा लगाएर दश देखी धेरै रहन्छन् । गाईको नानीलाई भुसुना पनि भनिन्छ।गाईको नानीहरूलाई पानी खुवाउने एकजना  महिलाको भेषमा सजिन्छन र सबैलाई पानी खुवाएझै गरी नाच्छ। अर्को रोचक भनेको घोडा जुधाउने हुन्छ । दुई वा तिन दुबै तिर बराबर बसेर बीचमा एक एक जनाले गाईड गरेर बाजाको तालमा जुदाउने र उफ्रने कार्य गरि नाचिने समाजका सचिव धिरज उपरकोटी बताउनु भयो ।

    101.jpg

    घोडा जुदाई कुन पक्षले जित्छ भनेर हेर्न रोचक हुन्छ  ।अर्को टाकटुके दुई दुई वटा तिन फिट छतिको लट्ठी लिएर दुवैतिर बराबर लठ्ठी लिएको महिला वा पुरुष लाइनमा  बसेर मादलको तालमा लट्ठी जुधाउने र साटिएर फर्किएर खेल्ने गरिन्छ । जसलाई टाकटुके भनिन्छ। यस समाजले गाईजात्राको बेला सबै गाउँ जाने कुरा सम्भाव नहुने भएकाले गोरखा ताकुकोट सेवा समाज काठमाडौँले २०७३ साल देखी निरन्तर गाईजात्रा  निकाल्ने तयारीका साथ तेही बर्ष बाट  अहिले सम्म हरेक बर्ष गाईजात्रा निकाल्दै आएको संस्थाका महासचिव राजन बाबु श्रेष्ठले बताउनु भयो । यो ताकुकोटबासीले गर्दै आएको गाईजात्राले काठमाडौ लगायत देशभरको नमुनासहित छुट्टै पहिचानको गाईजात्रा निकाल्दै आएको ताकुकोटबासीका एक बुद्वीजिवी व्यक्तिले बताउनु भयो ।

    112.jpg

    यो जात्रा काठमाडौंको वनस्थली चोक अक्सफोर्ड ड्राइभिङ सेन्टरबाट बिहान ११ बजेबाट सुरु गरि करिब साझा ५ बजे तिर समापन गरिएको थियो । गोरखाबासीले काठमाडौं आएर पनि आफ्नो सांस्कृतिक नृत्यसहित गाईजात्रा देखाउने गरेको हो । प्रचार प्रसारको अभावमा ओझेलमा परेको छुट्टै संस्कृति र पहिचानसहितको गाईजात्रा सुलिकोटमा सयौँ वर्षदेखि मनाउँदै र निकाल्दै आएको पाइन्छ । यो गाईजात्रा देश भरिकै नमुना र छुट्टै पहिचान संस्कृतिको पर्दशन गरिएको हो । 

    प्रकाशित मिति :भाद्र ४, २०८१ मंगलवार - २३:२६:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको