५ भदौ काठमाडौँ । आज राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा जारी बैठकमा विभिन्न एजेण्डमा छलफल हुने पार्टीका एक नेताले बताउनु भयो ।
स्थानीय तह उपनिर्वाचन, भ्रष्टाचारको मुद्दाको हदम्याद, वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतिकरणको निरन्तरताको प्रयास र भ्रष्ट एवं स्वार्थ बाझिनेलाई मन्त्री नियुक्ति लगायत समसामयिक राजनीति र पार्टी गतिविधिका विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।
बैठकमा सबै प्रदेशमा पार्टीको सभापति रहने कार्यक्रम रहने बिषयमा समेत छलफल गर्ने भएका छन् ।