५ भदौ काठमाडौँ । गण्डकी प्रदेश पोखरामा कर्मचारी मिलन प्राकृतिक तथा सांस्कृतिक अभियानको दोस्रो शृङ्खलामा बेगनासतालको सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
सामाजिक उत्तरदायित्व बहन गर्दै केन्द्रको संयोजनमा प्रत्येक महिनाको ५ गते पोखरा क्षेत्रका प्राकृतिक एवं सांस्कृतिक सम्पदालाई सरसफाइ गर्नेगरी अभियान थालिएको केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले जानकारी दिनुभयो ।प्राकृतिक सम्पदाको संरक्षण हामी सबैको दायित्व भन्ने नाराका साथ सरसफाइ कार्यक्रम गरिएको हो ।
आजको सरसफाइ बेगनासताल अगाडिको उद्यान, बाँध हुँदै तालको किनार र आसपास केन्द्रित गरिएको थियो । सरसफाइमा सुरक्षा निकायका प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, स्थानीय पर्यटन व्यवसायीलगायत उपस्थित थियो ।