५ भदौ काठमाडौँ । नागढुंगा नजिक झ्याप्लेखोलाछेउमा पहिरो खस्दा सडक अबरुद्ध भएर जाम परेको छ । उक्त पहिरो त्रिभुवन राजपथ अन्तर्गत धादिङ र काठमाडौं प्रवेश गर्ने सिमानाको झ्याप्लेखोलाछेउमा माथिबाट सडकमा आएको पहिरोले ठूलो तथा सानो सवारी आवागमन भएको छैन् ।
स्थानीय प्रहरीका अनुसार पहिरो ठूलो भएकोले पहिरो पन्छाउन ठूलो मेसिनै प्रयोग गर्नु पर्ने भएकोले समय लाग्ने बताए । अहिले डोजरको पहिरो हटाउने काम भइरहेको छ ।
सडक अवरुद्ध हुँदा काठमाडौंबाट बाहिरिने र भित्रिने सवारी साधानहरु बीचैमा रोकिएका छन्।