Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मौसमको कारणले पोखराबाट काठमाडौँ उडेको बुद्व एयरको जहाज भैरहवामा अवतरण

मौसमको कारणले पोखराबाट काठमाडौँ उडेको बुद्व एयरको जहाज भैरहवामा अवतरण

जोईन खबर

५, भाद्र २०८१
  • 994
    SHARES
  • मौसमको कारणले पोखराबाट काठमाडौँ उडेको बुद्व एयरको जहाज भैरहवामा अवतरण

    ५ भदौ काठमाडौँ । आज बिहान पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज भैरहवा अवतरण गरिएको छ । उक्त जहाजले ७२ जना यात्रु लिएर बिहान उडेको पनि  मौसम समस्याका कारण  काठमाडौँमा अवतरण गर्न नसके पछि भैरहवा पुगेर अवतरण गरेको पोखरा विमानस्थलले जनाएको छ ।

    images

    आज बिहान ७:२५ मा  उड्ने समय तालिका  भए पनि   ९:१५ मा काठमाडौं उडेको थियो । काठमाडौंको मौसम खराब हुँदा करिब २० मिनेट आकाशमा घुमेर भैरहवा अवतरण भएको हो ।

    images
    images
    images

    बुद्धको उडान नम्बर ६६४ को एटीआर ७२ जहाज काठमाडौंका लागि उडे पनि भैरहवा अवतरण भएको पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा रेग्मीले जानकारी दिइन् ।

    अहिले यात्रु भैरहवा विमानस्थलमा रहेको र काठमाडौंको मौसम खुलेलगत्तै उडान हुने जानकारी दिइएको यात्रु टीका रेग्मीले बताए । काठमाडौं अवतरण नभएपछि डाइभर्ट गरेर बिहान  १०:२० मा भैरहवा अवतरण गरेको रेग्मीले जानकारी दिए । अब माैसम खुल्ने बितिकै उक्त जहाज काडमाडाैँ उडाउने बताए ।

    प्रकाशित मिति :भाद्र ५, २०८१ बुधवार - १३:३७:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको