Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौँबाट चितवन जादै गरेको माइक्रोमा ढुंगा खसेर लाग्दा आमा छोरी घाइते 

काठमाडौँबाट चितवन जादै गरेको माइक्रोमा ढुंगा खसेर लाग्दा आमा छोरी घाइते 

जोईन खबर

५, भाद्र २०८१
  • 844
    SHARES
  • काठमाडौँबाट चितवन जादै गरेको माइक्रोमा ढुंगा खसेर लाग्दा आमा छोरी घाइते 

    ५ भदौ काठमाडौँ । नारायणगढ मुग्लिन सडक खण्डमा माथिबाट खसेको ढुंगाले  गुडिरहेको माइक्रो गाडीमा लाग्दा दुई जना घाइते  भएका छन् ।घटना चितवन भरतपुर महानगरपालिका वडा न - २९ को १७ किलोमा ढुंगा खस्दा काठमाडौंबाट  चितवन जादै गरेको  माइक्रोमा एक्कासी माथिबाट ढुंगा खसेर गाडीमा लागेको जिल्ला प्रमुख  अधिकारी इन्‍द्रदेव यादवले जानकारी दिनु भयो ।

    images

    आज बिहान काठमाडौँबाट छुटेको माइक्रो करिब ११ बजे तिर बा ०१-००६ ख ६४१४ नम्बरको  माइक्रो अगाडि ढुंगा खसेको  थियो । माथिबाट खसेको ढुंगाले माइक्राकोे सिसामा लागेर  सिसा फुटेर फुटेको सिसाले अगाडी बस्ने आमा छोरीलाई चोट लागेको प्रहरीले बताए ।

    images
    images
    images

    घटनामा घाइते हुने नवलपुर देवचुली नगरपालिका-१३ बस्ने ३० वर्षीया कल्पना परियार र ५ वर्षीया कन्चन परियारको हातमा चोट लागेको छ। दुबै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।उनीहरूकाे अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

    प्रकाशित मिति :भाद्र ५, २०८१ बुधवार - १४:३२:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको