५ भदौ काठमाडौँ । चितवनको अस्पतालमा पाठेघरको मासुको टुक्रा निकाल्ने क्रममा एक महिलाको मृत्यु भएको छ । मंगलबार मासुको टुक्रा काटने क्रममा कम्मरभन्दा तलको भाग लठ्याउने एनेस्थेसिया लगाउदा महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गैंडाकोट नगरपालिका वडा नं ५ की ३९ वर्षीया सम्झना काफ्ले ढकाल रहेकी छिन् । पाठेघरमा सिष्ट भएको भन्दै उनको अप्रेशन गरेर बायोप्सी निकाल्न लागिएको थियो ।भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले भने मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या रहेको बताए ।
लठ्याउने औषधी लगाउदा बिरामी एक्कासी बेहोस भए पछि आईसीयूमा राखिएको तर बचाउन नसकिएको बताए । एनेस्थेसिया दिने बित्तिकै बिरामी अचानक गम्भीर अवस्थामा पुगेको बताए ।मृतकका आफन्तहरूले अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको बताएका छन् । मृतक महिलाको एक छोरी र एक छोरा छन् ।