५ भदौ काठमाडौँ । उपत्यकाको वीर अस्पतालमा विद्युत् अवरुद्ध भएपछी शल्यक्रिया लगायतका काम रोकिएको छ ।
आज बिहान करिब १०–११ बजेदेखि ट्रान्समिटर पड्केर विद्युत् अवरुद्ध भएको अस्पतालका एक कर्मचारीले बताए। आज बिहान देखि बेलुकासम्म विद्युत् नहुँदा उपचारमा आएका बिरामीहरु धेरै समस्या परेका छन् ।
दिनभरि जेनरेटरको प्रयोग गरिएकाले हाल १ घण्टामा १५ देखि २० पटक विद्युत् अवरोध भइरहेको अस्पतालले जनाए । बिहानदेखि विद्युतीय अवरुद्ध हुँदा पनि हालसम्म मर्मत हुन नसकेको स्रोतले जनाएको छ ।