५ बैशाख काठमाडौ। काठमाडौ उपत्यकामा अमेरिकी डलर साट्ने बाहानामा लुटपाट गर्ने ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा घर भई ललितपुर टिकाथली बस्ने सुकलाल पाईन, ईनकुमार पाख्रिन र सूर्य बहादुर पाईन रहेका छन् ।
अमेरिकी डलर साटीदिन्छु भनि प्रलोभन देखाई ललितपुर हरिसिद्धिबाट १८ लाख रूपैयाँ, काठमाडौं चोभारबाट १८ लाख रूपैयाँ र ललितपुर ईमाडोलबाट १० लाख रूपैयाँ ठगी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ललितपुर ढुङ्गेली बसपार्क नजिकबाट पक्राउ गरेको हो ।