६ भदौ काठमाडौँ । काठमाडौंको बलम्बु स्कुलको छेउमा शङ्कास्पद वस्तु फेला परेको छ । यो फेला परेको चन्द्रागिरि नगरपालिका वडा न १२ को बलम्वु माध्यमिक विद्यालयको छेउको एक घरको आँगनमा शङ्कास्पद वस्तु फेला परेको हो ।
आज बिहान करिब ७ बजेको समयमा प्रेसर कुकरमा बम जस्ताे देखे पछि स्थानियले प्रहरीलाई खबर गरे पछि अहिले घटनास्थलमा प्रहरी पुगेको बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यले बताए ।
प्रहरीका अनुसारघटनास्थलमा पुगे पछि हामीले झोलामा प्रेसर कुकर जस्तो देखिने बस्तु रहेछ हामीले सवै नागरिकहरूलाई सुरक्षित स्थानमा जान भनि सूचना दिएका छौ भने ।
अहिले घटनामा नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेर अनुसन्धान गरि रहेको छ । शङ्कास्पद वस्तु फेला परेको स्थान नजिकै चन्द्रागिरि १२ को वडा कार्यालय नजिकै रहेको छ । तस्बिर : रोशन दानी