६ भदौ काठमाडौँ । काठमाडौंको बलम्बु स्कुलको छेउमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाका टोलले निष्क्रिय गरेको छ ।
चन्द्रागिरि नगरपालिका–१२, बलम्बु स्कुलको छेउमा एक घर अगाडि फेला परेको संकास्पद वस्तु रित्तो कुकर रहेको निष्क्रिय गर्दा देखिएको छ । शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि नेपाली सेनाको बम डिस्पोज टोली गएर हेर्दा रित्ता कुकर फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको छ ।उक्त वस्तु बुधबार दिउँसो सवा बजेतिर २ जना व्यक्तिले राखेर गएको सीसीटीभी फुटेमा देखिएको छ । ती व्यक्तिको भने पहिचान हुन बाँकी छ ।