९ भदौ काठमाडौँ । रामेछापमा हिजो राती गएको पहिरोमा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ । केही दिन लगातार परेको बर्षाका करण राती गएको पहिरोमा परि दोरम्बा शैलुङ गाउँपालिका वडा न ३ लेकखर्क पोखरी गाउँमा एक शिशुसहित ६ जनाको शव पुरिएको अवस्थामा फेला परेको हो ।
पहिरोमा पुरिएको अवस्थामा फेला पर्ने ३० वर्षीया चण्डिका श्रेष्ठ १८ महिने छोरा आमुस श्रेष्ठ, ५७ वर्षीया उर्मीला पहरी, ३० वर्षीय सञ्जिव पहरी, ११ वर्षीय सन्तोष पहरी र ११ वर्षकै विज्ञान पहरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेले बताए । उनले भने पहिरोमा अझै केही बेपत्ता र उनीहरुको खोजी कार्य जारी रहेको जनाकारी दिए ।
उनीहरु एकै घरका हुन् कि फरक परिवारका हुन् यकिन भएको छैन । अहिले घटनास्थलमा रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौला, प्रहरी प्रमुख डीएसपी प्रदीपकुमार सिंह, गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानसहितको टोली त्यहाँ पुगेका छन् । एक ठाउँमा खसेको पहिरोले ३ वटा घर पूर्णरुपमा क्षति र २ घरमा सामान्य क्षती पुराएको उनीहरुले बताए । घटनाको क्षती बारे कति मानवी क्षती भएको भने कुरा यकीन भएको छैन् । खोज तलासमा नेपाली सेना, नेपाल प्रहरी, स्थानियहरु लागि रहेका प्रहरीले जनाए ।