९ भदौ काठमाडौँ । महेन्द्रनगरबाट काठमाडौँ आउदै गरेको बस मुग्लिन–नारायणगढ सड्कखण्डमा दुर्घटना हुदा १८ जना घाइते भएका छन् । उक्त बस सुदूरपश्चिम प्रदेश–०२–००१ ख १३३२ नम्बरको बस भरतपुरको घुमाउनेको सडकमा गुण्दा गुण्दै आफैँ अनियन्त्रित भएर दुर्घटना भएको चितवनका डीएसपी भेषराज रिजालले बताए ।
प्रहरीका अनुसार यस दुर्घटनामा परि १४ जना महिला र ४ जना पुरुष घाइते बताए ।घाइतेहरुको भरतपुर मेडिकल कलेज अस्पतालमा र जनता केयर अस्पताल मुग्लिनमा उपचार भई रहेको छ । बस चालक कञ्चनपुरका २६ वर्षीय बलराम पन्तको दाहिने कुहिनो र ढाडमा चोट लागेर जनता केयर अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा हुनेहरूकञ्चनपुर भिमदत्त नगरपालिका–१० का ४० बर्षीय तारा भट्ट, कैलाली लम्किचुहा–३ का २३ बर्षीय हरिकला थापा, लक्किचुहा नगरपालिका–३ का १९ बर्षीय कैलाश विक, लम्किचुहा–३ का २७ बर्षीय कृष्णा विक,लम्किचुहा–३ का ३५ बर्षीय जयन्ती विक, कञ्चनपुर भिमदत्त नगरपालिका–८ का ३७ बर्षीय दिल बहादुर सुनार, कञ्चनपुर नगरपालिका–३ का २३ बर्षीय समिदेवल राना,कैलाली गोदावरी नगरपालिका–१२ का ३७ बर्षीय शेरबहादुर विष्ट, बझाङ बित्थडचिर गाउँपालिका–४ का २२ बर्षीय बसन्त बोहोरा, छन् ।
भने घटनामा कञ्चनपुर भिमदत्त–१७ का ३४ बर्षीय धरम खड्का, भिमदत्त नगरपालिका –१० का २० बर्षीय दिपेश भट्ट, दार्चुला महाकाली नगरपालिका –६ का २३ बर्षीय लक्ष्मण बम,भिमदत्त –९ का २५ बर्षीय भिमसेन सार्की, बैतडी दशरथचन्द नगरपालिका–२ का ३७ बर्षीय जनक बिजाली,भिमदत्त नगरपालिका–४ का २३ बर्षीय विनोद सार्की, डडेलधुरा गन्यापधुरा गाउँपालिका–३ का ३३ बर्षीय देव बहादुर भुल,चितवन भरतपुर महानगरपालिका–५ का २५ बर्षीय बिपिन न्यौपाने,डोटी के आईसिंह गाउँपालिका–२ का २७ बर्षीय कृष्ण ओझा घाइते भएका हुन् । घाइतेहरुको उपचार भई रहेको र उनीहरुको उपचार बारे अवस्था कस्तो भने जानकारी नआएको बताए ।