९ भदौ काठमाडौँ । आज आईतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्य प्रतितोला १,००० रुपैयाँले घटेर बजारमा कारोवार भएको हो ।शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा खरिद बिक्री भई रहेको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको खरिद बिक्रि भएको हो । शुक्रबार चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा खरिदबिक्री भएको थियो।