५ बैशाख काठमाडौ। घोराही उपमहानगरपालिका ११ खैरा चोकमा आज ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २६ वर्षीय सन्देश बस्नेत र मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका १७ वर्षीय गोपाल बिक रहेका छन् ।
दुर्घटनामा विकको घटनास्थलमै र बस्नेतको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख २८१ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु ७३ प ११ ६२ नम्बरको मोटरसाइकललाई आज बिहान साढे ११ बजे ठक्कर दिएको थियो ।