१२ भदौ काठमाडौँ । साफ यू२० च्याम्पियनसिपको उपाधि बंगलदेशले हात पारेको छ । एन्फा कम्पलेक्स सातदोबाटोमा भएको खेलमा ४-१ गोल अन्तरले बंगलदेशले जित हासिल गरेको हो । फाइनलमा बंगलादेशको जितमा मिराजुल इस्लामले २ तथा पियस नोभा र हुसेन राहुलले १-१ गोल गरि नेपाललाई ४ १ गोलले उपाधि जित्नबाट चुकेको थियो ।
खेलमा नेपालबाट समिर तामाङले १ गोल गरेका हुन् । २१ औं मिनेटमा नेपालले अग्रता लिने अवसर गुमायो । बंगलादेशका गोलरक्षक एक अर्कासँग जुधेर लडेपछि निराजनले बल अघि बढाए । उनले पेनाल्टी क्षेत्रको बायाँ भागबाट दिएको क्रसलाई अभिनाश स्याङतानले गोल हानाबाट टाढीएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा बंगलादेशले अग्रता लियो ।
मिराजुल इस्लामले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट फ्रिकिकमा उत्कृष्ट गोल गरे । दोस्रो हाफको ५६ औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्यो । ७१ औं मिनेटमा बंगलादेशले अर्को गोल थप्यो । यसपटक मिराजुलको पासलाई मोहमद हुसेन राहुलले गोल हानेका थिए । ८० औं मिनेटमा नेपालका समिर तामाङले गोल गर्दै नेपालका लागि आशा जगाए । खेल चलि रहे पनि नेपाल उपाधि जित्नबाट टाढीको सङकेत देखियो । नेपाल खेलको अन्तिम चरण सम्म पनि गोल र्फकाउन सकेना ।