१३ भदौ काठमाडौँ । अबिरल वर्षासंगै आएको पहिरोले केही यिदन देखि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । बुधवार रातिबाट परेको बर्षातले कर्णाली राजमार्गको कालिकोट खण्डमा पर्ने शुभकालिका-१ गगनेखोला, एस मोड र दही खोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
उक्त पहिरो अलि ठूलो भएकोले पहिरो पन्छाउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय कालिकोटले बताएको हो । पहिरोले कालिकोट खण्ड पूर्ण रूपमा बन्द हुँदा यात्रुलाई सास्ती भएको छ ।
सुर्खेतबाट गएका यातायातका साधन दहीखोलामै रोकिएको र लामो लामो दुरीका सवारी नचल्दा नागरिकहरु समस्यामा परेका छन् ।