Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गण्डकी गाउँपालिकामा विषादी प्रयोगले कृषकको स्वास्थ्यमा देखिएको समस्याको अध्ययन गर्न पाँच सदस्य समिति गठन 

गण्डकी गाउँपालिकामा विषादी प्रयोगले कृषकको स्वास्थ्यमा देखिएको समस्याको अध्ययन गर्न पाँच सदस्य समिति गठन 

जोईन खबर

१३, भाद्र २०८१
  • 976
    SHARES
  • गण्डकी गाउँपालिकामा विषादी प्रयोगले कृषकको स्वास्थ्यमा देखिएको समस्याको अध्ययन गर्न पाँच सदस्य समिति गठन 

    १३ भदौँ काठमाडौँ । गोरखाको गण्डकी गाउँपालिकामा तरकारी खेतीमा प्रयाग गरेको विषादी प्रयोगले कृषकहरुको स्वास्थ्यमा देखिएको समस्याको अध्ययन र अनुसन्धान गर्न पाँच सदस्य समिति गठन गरिएको छ ।

    images

    यस गाउँपालिकामा केही दिन अघि मात्र  तरकारी खेतीमा  प्रयोग  गरेको बिषादीले गर्दा कृषकहरुको स्वास्थ्यमा देखिएको समस्या बारे समाचार आएको हुदा  कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलको संयोजकत्वमा पाँच सदस्य कार्यदल गठन  गरिएको बताए ।

    images
    images
    images

    कृषिमन्त्री अधिकारीले एउटै गाउँपालिकाका ६१ जना तरकारी किसानमा क्यान्सर र १५ जनाको मिर्गौला फेल भएको समाचार आएलगतै बसेको बैठकले पोख्रेलको संयोजकत्वमा समिति गठन गरेको हो ।

    यस बैठकले बनाएको ५  सदस्या समितिमा  विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत  मनोज पोख्रेल , कार्यदलमा डा काशीनाथ चिलुवाल, वैज्ञानिक, नेपाल कृषि अनुसन्धान परिषद्, रिजन कार्की, खाद्य अनुसन्धान अधिकृत, विवेक सुनार बाली संरक्षण अधिकृत, माधव भट्ट बाली संरक्षण अधिकृत रहेका छन् । उक्त संयोजकत्वको टोलीले प्रभावित भनिएको स्थानमै पुगेर वास्तविक अवस्थासहितको प्रतिवेदन पेस गर्न भनिएको छ । 

    प्रकाशित मिति :भाद्र १३, २०८१ बिहिवार - १०:५६:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको