१३ भदौ काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ ९क्यान० का सचिव पारस खड्काले सन् २०२४ को लिजेन्ड्स लिग क्रिकेट प्रतियोगिता खेल्ने भएको छ।
उनलाई बिहीबार भएको अक्सनबाट गुजरातले १२ लाख ५० हजार भारूमा टोलीमा आबद्ध गरेको हो। प्रतियोगिता खेल भारतको राजस्थानदेखि कास्मिरमा पनि हुने छन्। प्रतियोगिता सेप्टेम्बर २० देखि भारतमा हुनेछ।
प्रतियोगितामा गुजरातसहित इन्डियन क्यापिटल्स, भीलवाडा किंग्स, मनिपाल टाइगर्स, साउदर्न सुपरस्टार र उर्बानराइजर्स हैदरावाद छन्। ६ टोलीबीच २५ खेल हुनेछन्। नेपालका पारस खड्का आबद्ध गुजरातमा अफगानिस्तानका पूर्व कप्तान अस्घर अफगान, लिन्ड सिमोन्स, क्रिस गेल लगायत छन्।