Logo

बिहिवार, कार्तिक १३ गते २०८३

३५ वर्षपछि गोरखाको  चुम भ्यालीबाट घर फर्किना लागेका प्रकाशलाई बिदाइ गरे 

३५ वर्षपछि गोरखाको  चुम भ्यालीबाट घर फर्किना लागेका प्रकाशलाई बिदाइ गरे 

जोईन खबर

१४, भाद्र २०८१
  • 1.7K
    SHARES
  • ३५ वर्षपछि गोरखाको  चुम भ्यालीबाट घर फर्किना लागेका प्रकाशलाई बिदाइ गरे 

    १४ भदौ काठमाडौँ । सानै उमेर पैसा कमाउने रहर बोकेर  झापाबाट  काठमाडौँ आएका प्रकाश तामाङ्ग ‘उत्तरी गोरखाको चुमभ्याली पुगेका रहको छन् । उनी काठमाडौँ आई केही समय काम गरि काठमाडौंवाट हराएर थिए । उनलाई  ‘हेर्ने कथा’ मार्फत ३५ वर्षपछि गोरखाको  चुम भ्यालीमा भेटि अहिले  आफनो जन्मभूमी घर जादै हुन् ।

    images

     तामाङ्गलाई त्यहाँ एक कार्यक्रम बिच गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष,उनले काम गरेका घर का  साहू स्थानिय, साथी लगायतले खादा लगाएर बिदाई गरेका थिए । बिद्या चापागाइको ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् पारिवारिक मिलनमा पुगेका प्रकाशलाई  चुमभ्यालीबाट भोजपुरका पठाउने तयारी भएको हो ।  पारिवारिक मिलनमा पुगेर दशैंमा फेरि फर्किने वाचासहित पोहोर प्रकाश चुमभ्याली फर्किएका थिए  ।

    images
    images
    images

    p2.jpg

    प्रकाशको बिदाईमा चुमनुव्री गाउँपालिकाका पदाधिकारी, स्थानीय प्रहरी चौकी र अगुवाहरू उपस्थित भएका थिए । तामाङ्गलाई पारिश्रमीक स्वरूप साहू टासी लामाले १० लाख दिने र गाउँपालिकाले १ लाख रूपैयाँ दिने समेत निर्णय भएको छ । प्रकाशको बैंक खाता खोल्नासाथ साहूले १० लाख र गाउँपालिकाले थप १ लाख दिने प्रतिबद्धता सहित  बिदाई  गरेका हुन् ।

    प्रकाशको पारिवारिक मिलनले भावुक बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो एक पटक प्रकाशलाई भेटेर उनको कुरा सुन्न चाहेको इच्छा राखेका थिए ।एक वर्षअघि ‘हेर्ने कथा’को हराएका वर्षहरूमा प्रकाश तामाङ घर पुगेका  हुन् ।

    प्रकाशित मिति :भाद्र १४, २०८१ शुक्रवार - १०:४०:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको