Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाली विद्यार्थी पाण्डेलाई गोली हानी हत्या गरेको आरोपमा बबी सिंह शाह पक्राउ

नेपाली विद्यार्थी पाण्डेलाई गोली हानी हत्या गरेको आरोपमा बबी सिंह शाह पक्राउ

जोईन खबर

१४, भाद्र २०८१
  • 718
    SHARES
  • नेपाली विद्यार्थी पाण्डेलाई  गोली हानी हत्या गरेको आरोपमा बबी सिंह शाह  पक्राउ

    १४ भदौ काठमाडौँ । अमेरिकाको टेक्सासमा गोली आनी हत्या गरेको नेपाली विद्यार्थी मुना पाण्डेलाई लुटपाटको क्रममा हत्या भएको अनुसन्धानमा खुलेएको छ ।  अमेरिकाको एक पुरुष बबी सिंह शाहले मुनाको गोली हानि हत्या गरेका कुरा सार्वजानिक भएको हो ।बुधवार पक्राउ परेका आरोपी ५१ वर्षका बबीको बयानको आधारमा यस्तो खुलासा भएको समाचार एजेन्सीहरूले जनाएका छन् ।

    images

    उनलाई सीसीटीभीमा देखिएको तस्बिरका आधारमा ह्युष्टन प्रहरीले पक्राउ गरेको थियो । बुधबार ट्राफिक लाइटमा सवारी साधन रोकिँदा उनी देखिएको प्रत्यक्षदर्शीको सूचनाको आधारमा प्रहरीले बबी सिंहलाई पक्राउ गरेको हो । उनीविरुद्ध जघन्य हत्याको अभियोग लगाइएको हुनले अमेरिकको कानुन अनुसार मृत्युदण्डसम्म हुनसक्ने  व्यवस्था छ ।

    images
    images
    images

    उनीविरुद्ध २६२ औं स्टेट डिस्ट्रिक्ट कोर्टमा जघन्य हत्याको अभियोग दायर गरिएको हो ।सेप्टेम्बर ३ मंगलबार बबी सिंहलाई अदालतमा पेश गरिने भएको छ । शाहलाई ह्यारिस काउन्टी जेलमा राखिएको छ ।मुना पाण्डे सोमबार साँझ गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरि घटना बारे खोजतलासको कार्य भएको थियो ।

    सोमबार बेलुका ५ बजे प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा फेला पारेको थियो । यो घटना कहिले र कसरी भएको हो भन्नेबारे अझै पुष्ट विवरण प्राप्त भएको छैन । घटनाको उद्देश्य के थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :भाद्र १४, २०८१ शुक्रवार - १३:३१:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको