१४ भदौ काठमाडौँ । विराटनगरको कोशी लोकमार्ग बरागाछीमा स्थानीय प्रशासनले सीटी सफारी चलाउन रोके पछि चालकहरुले चक्का जाम गरेका छन् ।
विराटनगर महानगरपालिकाको गेटअगाडि सफारी राखेर प्रदर्शन गरेका चालकहरुले बरगाछीमा लोकमार्ग अवरुद्ध गरेर पनि प्रदर्शन गरेका हुन् ।
विराटनगर महानगरपालिका एवं कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको समन्वयमा ट्राफिक प्रहरीले रानी नाकादेखि विराटनगरको ढाटसम्मको राजमार्गमा सफारी सञ्चालन गर्न बिहीबारदेखि रोक लगाएको थिए ।