१९ भदौ काठमाडौँ । तनहुँमा चार जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले तनहुँ व्यास नगरपालिका वडा नं १० अँधेरीभञ्ज्याङस्थित मनभुजा कुमालको घरमा जुवा खेलिरहेका अवस्थामा सोमबार दिउँसो ३ः३० बजे उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ५९ बर्षीय टेकबहादुर बराम, ३८ वर्षीय मंगलबहादुर गुरुङ, ४९ वर्षीय वीरबहादुर बराम र ४२ वर्षीय मनभुजा कुमाल छन् ।
पक्राउ परेका व्यक्तिबाट ३३ हजार पाँच सय १० रुपैयाँ नगदसमेत बरामद भएको गरिएको छ । उनीहरुबिरुद्ध जुवाताससम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरि अनुसन्धान गरि रहेएको प्रहरीले जानकारी दिएको छ ।