१९ भदौ काठमाडौँ । आज पनि सुनको मूल्य हिजोको मूल्यमा कारोवार भएको छ । दिनकै घटने बढने हुने सुन यो हप्ताको लगातर तिन दिन सम्म एउटै मूल्यमा खरिद बिक्रि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयामा कारोबार भईरहेको छ ।आईतबार नै रहेको मूल्यमा कारोवार रहेको संघले जनाएको छ ।
आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । चाँदीको मूल्य एक हजार ७५५ रुपैयाँमा किनबेच भएको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा किनबेच भएको थियो ।