१९ भदौ काठमाडौँ । दुई छोरीहरूलाई मृत्त छाडेर बेपत्ता भएकी आमा अस्मिता न्यौपाने बिर्तामोडमा अचेत अवस्थामा फेला परेकी छन् । चार दिन अघि देखि बेपत्ता भएकीन आमाले दुई छोरीलाई बिष खुवाएर फरार रहेको आशङ्का गरिएको स्थानीयको भनाइ थियो ।
मोरङको सुन्दरहरैँचा नगरपालिका स्थित केरा बगानभित्र २ नावालिग मृत फेला परेका थिए ।नावालिग मृत फेला परेको ५ दिनपछि आमा अचेत अवस्थामा बिर्तामोडमा फेला परेको मोरङ प्रहरीले जनाएको छ । शारीरिक हिसाबले कमजोर अवस्थामा भेटिएकी अस्मिताको विराटनगर स्थित कोशी अस्पतालमा उपचार सुरु गरिएको प्रहरीले जनाएको छ ।
घरमा श्रीमानसँग विवाद भएपछि आमा अस्मिताले सँगै लिएर गएको भनिएका २ नाबालिग छोरी गत शनिवार दिउँसो मृत फेला परेका थिए । अस्मिता सुन्दरहरैँचा–७ मा श्रीमान् अर्जुन कार्कीसँग बस्दै आएकी थिइन् ।कार्कीका नाबालिगहरु छोरीहरू १ वर्षीय आइका र ३ वर्षीय अर्पणा कार्की स्थानीय नारायण न्यौपानेको केरा घारीभित्र मृत फेला परेका थिए ।