१९ भदौ काठमाडौँ । गोरखामा प्रदेश स्तरीय आङ्गिक क्याम्पस छात्रा भलिवल प्रतियोगिता हुने भएको छ । यस प्रदेश स्तरीय खेल गोरखा नगरपालिका वडा न ७ को हिलेपोखरीमा रहेको गोरखा क्याम्पसको खेल मैदानमा हुने भएको हो । गोरखा क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियन खेलकुद उपसमितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
स्ववियुले आज क्याम्पसमा पत्रकार सम्मेलन गर्दै गोरखा क्याम्पस शिक्षामा मात्र नभएर खेल क्षेत्रको विकास तथा जिल्लामा खेलकुद पर्यटक भित्राउने उद्वेश्य सहित आगामी असोज ६ र ७ गते २ दिने प्रतियोगिताको तयारी गरेको सह सचिव एवं खेलकुद उपसमितिका संयोजक रचन परियारले जानकारी दिए । छ । उक्त प्रतियोगितामा गण्डकी प्रदेश भित्र रहेका ७ वटा क्याम्पसका छात्राहरुले सहभागिता हुन पाउने छन् ।
प्रतियोगितामा गोरखा क्याम्पस गोरखा, लमजुङ्ग क्याम्पस सुन्दरबजार लमजुङ्ग, पश्चिमाञ्चल क्याम्पस पोखरा, नर्सिङ्ग क्याम्पस पोखरा, पोखरा क्याम्पस पोखरा, पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखरा र धौलागिरी बहुमुखी क्याम्पस बागलुङ सहभागिता रहने पाउने बताए । यस प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५५ हजार ५५५ सहित मेडल, ट्रफि र प्रमाणपत्र प्रप्ता गर्ने छन् ।
यसै खेलमा द्वितीय हुने छिमले नगद रु ३३ हजार ३३३ रुपैयाँ सहित मेडल, ट्रफि र प्रमाणपत्र पाउने संगठनले जनाएको छ । खेलको क्रममा सर्वोउत्कृठ खेलाडीलाई नगद रु ३ हजार, ब्लकरलाई नगद रु १५ सय स्पाइकरलाई नगद रु १५ सय,डिफेन्डरलाई नगद रु १५ सय सर्भरलाई नगद रु १५ सय र सेटरलाई रु १५ सयका द्वारले पुरस्कार दिने खेलकुद उपसमितिले जनायो ।