Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशालाई विमानस्थलमा भव्य स्वागत

 पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशालाई विमानस्थलमा भव्य स्वागत

जोईन खबर

१९, भाद्र २०८१
  • 1.3K
    SHARES
  •  पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशालाई विमानस्थलमा भव्य स्वागत

    १९ भदौ काठमाडौँ । पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइएको छ । त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो ।परिक्रमा एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुंगिएको थियो ।

    images

    पेरिस पारालिम्पिक–२०२४ को के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि ऐतिहासिक कास्य पदक जितेकी पलेशलाई बुधबार त्रिभुवन विमानास्थलमा भव्य स्वगत गरिएको हो।गत शुक्रबार ऐतिहासिक पदक जितेकी पलेशालाई विमानस्थलामा बाजागाजासहित खेलकुद मन्त्री तेजुलाल चौधरीसहित राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीले स्वागत गरेका थिए।

    images
    images
    images

    त्यसपछि उनलाई नगर परिक्रमा गरिइएको थियो।गत शुक्रबार अबेर राति पेरिसस्थित ग्रान्ड प्यालेसमा रिपेचेजको कास्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन्।

     

    प्रकाशित मिति :भाद्र १९, २०८१ बुधवार - १६:३३:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको