२० भदौ काठमाडौँ । केही दिन अघि परेको भारी वर्षाकारण गएको पहिरो अवरुद्ध बनेको हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ आजबाट खुलेएको छ ।
मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको थियो ।उक्त स्थानमा खसेको पहिरो पन्छाई यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडाबाट काठमाडौं जोड्ने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–फाखेल, सिस्नेरी सडकखण्ड, पूर्वपश्चिम राजमार्ग सबैतिरको बाटोमा यातायात सञ्चालन भइरहेको उनले जानकारी दिए ।