२० भदौ काठमाडौँ । पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्द्धनलाई सरकारले नगद ६५ लाख रुपैयाँ दिएर समाना गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उनी खेल सकेर नेपाल आएको दिन बेलुका साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बोलाई बधाई तथा सम्मान गर्दै उक्त रकम दिने घोषणा गरेका हुन्। बधाई दिै उनले सरकारबाट दिने रकममा प्रधानमन्त्री ओलीले कर नलगाइ ६५ लाख नै दिने बताए ।
पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन्। सो अवसरमा उक्त खेलका प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गरेका थिए।