२० भदौ काठमाडौँ । आज हप्ताको चार दिनसम्म पनि सुनको मूल्य स्थिर रुपमा कारोवार भएको छ । बिहीबारको बजारमा पनि सुनको मूल्य घटबढ नभएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । उक्त मूल्य आईतबारको बजारमा कायम मूल्य हो ।
यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार ७६५ रुपैयाँमा किनबेच भईरहेको छ । बुधबार चाँदीको मूल्य एक हजार ७५५ रुपैयाँमा किनबेच भएको थियो ।